ताजा खबर राजनीति News

ठूला नेताविरुद्ध पक्राउ पुर्जी काट्न लागेको थाहा पाएपछि लोकमानलाई अपर्झट महाअभियोग

ठूला नेताविरुद्ध पक्राउ पुर्जी काट्न लागेको थाहा पाएपछि लोकमानलाई अपर्झट महाअभियोग

lokman

कात्तिक ५ । संसदको बुधबार महाअभियोग सिफारिस समिति गठनको निर्णय गर्दासम्म अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आँउछ भन्ने कसैलाई पत्तो थिएन । एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले प्रस्ताव दर्ता गराइसकेपछि मात्र यो खवर थाहा भयो । आखिर कसरी दर्ता भयो प्रस्ताव । एमाले अध्यक्ष केपी ओली र उनका निकटवर्ती नेताहरुले भने केहि पहिले अगावैदेखि यसको तयारी गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापती शेरबहादुर देउवा कार्कीलाई कारबाही गर्नुपर्छ भन्नेमा सैद्धान्तिक रुपमा सहमत भए पनि तत्काल महाअभियोग लगाउने पक्षमा थिएनन् ।

सर्वोच्चको म्याद छल्न भन्डै तीन साताको बिदेश बसाइमा बुधबार मात्रै स्वेदेश फर्किएका थिए । केही नेताहरुलाई भ्रष्टाचारको आरोपमा पुर्जीकाट्ने आँकलन सहित तत्कालै महाअभियोग प्रस्ताव दर्ता भएको स्रोतको दाबी छ । निराधारै भए पनि उनले कही नेतालाई पत्रमात्रै काट्न भ्याएको भए महाअभियोगको नैतिक बल कमजोर हुन्थ्यो । गृहकार्यमा सहभागी भएका एक नेताले भने कार्कीले अख्तियारको पुर्जी थमाउने प्रचारात्मक कार्यका लागि एमाले र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका केही वरिष्ठ नेताहरुको सुची नै तयार गरेको सुचना आएको थियो ।

कान्तिपुर

lokman

विशेष