ताजा खबर विदेश News

पाकिस्तानले टसमस नगरेपछि भारतले झिक्यो वार्ताको कुरा

पाकिस्तानले टसमस नगरेपछि  भारतले झिक्यो वार्ताको कुरा

india-pakistan

कात्तिक ५ । भारतले पाकिस्तानसँग भविष्यमा कूटनीतिक तहमा सम्बादका लागि आफू तयार रहेको बताएको छ । तर त्उसको मिति र समय भने आफूले छनोट गरेको समयमा हुने जनाएको छ । भारत र पाकिस्तानको तनाव संवादद्वारा समस्या समाधान गर्न अन्तर्राष्ट्रिय दबाब परिरहेको समयमा भारतीय विदेश सचिव एस जयशंकरले विगतमा पाकिस्तानसंग संवाद गरेको र भविश्यमा पनि संवादका लागि तयार रहेको बताएका छन् ।

तत्कालका लागि भने विदेश सचिवस्तरमा समेत वार्ता गर्ने हाम्रो कुनै पनि क्यालेण्डर नभएको बताएका छन् । भारतले विगतमा पनि सर्जिकल आक्रमण गरेको तर त्यसलाई सार्वजनिक नगरेको आफ्ना सदस्यहरुलाई जानकारी गराएका छन् । उनले यसपटकको सर्जिकल आक्रमणको एउटै फरक के भने भारत र पाकिस्तानको बीचमा तनाव भइरहदा भारतीय प्रधानमन्त्री नरेन्दै मोदीले भारत युद्धबाट बुद्धमा सिफ्ट हुन चाहन्छ भन्दै पाकिस्तानसंग संवादको संकेत गरेका थिए । पछिल्ला दिनहरुमा दुई देशको सिमानामा तनाव केही कमी आएकाृे छ ।

मोदीले युद्धबाट बुद्धमा जान चाहेको बताएका थिए । गत महिना २७ तारिखमा भारतले सर्जिकल आक्रमण गरेपछि दुई देशबीचमा तनाव उत्पन्न भएको थियो । यसै हप्ता गोवामा आयोजित ब्रिक्स तथा बिमस्टेक सम्मेलनमा भारतले सीमापार आतंकवादलाई निकै हाइलाइट गरेको थियो । उसले ब्रिस सम्मेलन पश्चात भारत कूटनीतिक रुपमा एक्लो भएको समेत बताइएको थियो । भारत र पाकिस्तान तनावकै कारण दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कको शिखर सम्मेलन समेत स्थगित भएको छ ।

India Pakistan

विशेष