ताजा खबर राजनीति News

महाअभियोगको छलफल छाडेर ओली बंगलादेश, खनाल जापान र नेपाल भियतनाम जाँदै

महाअभियोगको छलफल छाडेर ओली बंगलादेश, खनाल जापान र नेपाल भियतनाम जाँदै

jhalanath-kp-and-madhav कात्तिक ५ । अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारितका लागि दलीय सहमति जुटाउने निर्णय गरेको एमालेका शीर्ष नेताहरु भने बिदेश भ्रमणमा निस्कदै छन् ।

आइतवार बस्ने संसदमा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको एमालेका अध्यक्ष केपी शर्मा ओली आज बंगलादेश जादै छन् । यस्तै पार्टीको कामका लागि भन्दै बरिष्ठ नेता झलनाथ खनाल शनिवार जापान र अर्का नेता माधवकुमार नेपाल आइतवार भियतनाम जाने कार्यक्रम रहेको एमालेले जनाएको छ । महासचिव ईश्वर पोख्रेल पनि अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा छन् । पोखरेल १२ गते मात्र काठमाडौं फर्कने छन् बंगलादेशको सत्तारुढ अवामी लिग पार्टिको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली दिउँसो पौने २ बजे ढाका उड्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

नेकपा माओवादी केन्द्रसंग मिलेर एमालेले बुधवार संसदमा कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएको थियो । दलीय सहमतिका लागि भन्दै संसद बैठक समेत आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहिबार बसेको एमाले संसदीय दलको बैठकले प्रस्तावबारे अन्य दलसँग समेत छलफल गर्ने र संसदमा प्रतिनिधित्व गर्ने प्रायः सवै दलको समर्थन जुटाउने निर्णय गरेको थियो । महाअभियोग प्रस्तावबारे आइतवारबाट संसदमा छलफल हुने कार्यतालिका छ ।

एमालेले आफ्ना सांसदलाई उपस्थितिका लागि ह्विप जारी गरेको छ । अध्यक्ष ओली ६ दिने कार्यक्रममा सहभागी हुन ढाका उड्न लाग्नु भएपनि आइतवार साँझ काठमाडौं फर्कने सम्भावना रहेको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । भ्रमणका क्रममा लिगका शीर्ष नेताका साथै बंगलादेशका उच्च नेतृत्वसंग छलफल गर्ने कार्यक्रम छ । कार्की बिरुद्धको महाअभियोग प्रस्तावमा खनाल, नेपाल, पूर्वसभामुख सुवास नेम्बाङको पनि हस्ताक्षर छ ।

Nepal Comunist Party

विशेष