ताजा खबर विदेश News

१० वर्ष कैद सुनाएका कैदी यसरी मुस्कुराए

१० वर्ष कैद सुनाएका कैदी यसरी मुस्कुराए

kaidi कात्तिक ५ । इन्डोनेसियामा इस्लामिक अतिवादी समूह ‘आइएस’सँग आवद्ध रही आतंकवादी गतिविधि गर्दै आएको आरोपमा एक युवकलाई १० वर्षको जेल सजाय दिइएको छ । आइएसका लागि बम आक्रमण र गोली हान्नेसम्मको काम गर्दै आएका २३ वर्षीय युवकलाई १० वर्षको सजाय दिइएको हो ।

इन्डोनेसियाको जकार्तामा केही महिनाअघि भएको बम आक्रमणका मुख्य अभियुक्त रहेका दोदी सुरिदीलाई इन्डोनेसियाली अदालतले उक्त सजाय दिइएको हो ।  सो घटनामा चारजना सर्वसाधारणको मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

आफूमाथिको मुद्दाको फैसलाका लागि अदालत उपस्थित गराइएका दोदी सजाय सुन्ने बित्तिकै मुस्कुराएका थिए ।

Indonesia

विशेष