अपराध सुरक्षा ताजा खबर News

स्कुलमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

स्कुलमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

कात्तिक ५ । काठमाडौं उपत्यकाका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र आफूलाई सो पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

गत असोज ४ गते काठमाडौं र ललितपुरका विद्यालयहरुमा बम विष्फोट गराइएको थियो । घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो । ति क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका भ्रातृ संगठनहरू हुन् ।बम विष्फोटलगत्तै मिन देवकोटाले घटनाको जिम्मा लिएका थिए ।

घटना भएको एक महिनापछि पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने प्रहरीको तयारी छ । अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले दाहाल र देवकोटालाई काभ्रेस्थित एक घरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Pakkrau

विशेष