ताजा खबर विदेश News

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

earthquake कात्तिक ५ । जापानमा ६.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प जापानको टोटोरी प्रान्तमा स्थानिय समय अनुसार २ बजेर १० मिनेटमा गएको हो ।

भूकम्प जमिनको सतह देखि १० किलोमितर तल गएको जनाइएको छ भने यसबाट सुनामिको खतरा नरहेकोे जापानका सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार भूकम्पबाट मनाविय वा भौतिक क्षति सम्बन्धि कुनै विवारण प्राप्त नभएको बताइएका छन् ।

भूकम्पको केन्द्र राजधानी टोकियोबाट ४ सय ३० माइल पश्चिममा रहेको छ । ६.६ रेक्टर स्केलको भूकम्प पश्चात ५ रेक्टर र त्यो भन्दा केही साना आधा दर्जन भन्दा बढि पराकम्पन गइसकेको जापान सरकारले बताएको छ । साथै सरकारले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ ।

Japan

विशेष