News

हत्याको आरोपमा २ जना एमाले नेता पार्टीबाट निष्कासित

हत्याको आरोपमा २ जना एमाले नेता पार्टीबाट निष्कासित
कात्तिक - ५ । हत्याको आरोप लागेको दुई जना नेतालाई एमालेले पार्टीबाट निष्कासन गरेको छ । एमाले अर्घाखाँचीले धनचौर निवासी एमाले धनचौर गाविसका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरिएको हो । umale धनचौर गाविसका पूर्व अध्यक्षहरु खेमराज भुसाल र गणेश कुमार भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए । अध्यक्ष आचार्यले बिहीबार विज्ञप्ति जारी गरी हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् । हराएकी भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ । हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले पत्रकारसँगको कुराकानीमा हत्या आफँैले गरेको बताएपछि कल्पनाको हत्या भएको खुलासा भएको हो । गत असोज १८ गते धनचौर–९ देउराली पसलबाट सामान किनेर साँझ पाँच बजेतिर घर जान्छु भनेर हिडेकी कल्पना घर नआएपछि उनका आफन्तले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीको टोलीले हराएको सात दिनपछि असौज २४ गते दिउँसो जलुके–२ को छेकुवा जंगलनजिकै राप्ती नदी किनारमा कल्पनाको शव फेला पारेको थियो । अभियुक्त दुवैलाई थुनामा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।

arghakhanchi htya aropma nilambit nekapa umale

विशेष