News

लोकमानले सरकारी निवास अझै छाडेनन्, प्रमाण लुकाउने आशंका

लोकमानले सरकारी निवास अझै छाडेनन्, प्रमाण लुकाउने आशंका
कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले टंगालस्थित सरकारी निवास अझै छोडेका छैनन् । दैनिक काम कारवाही गर्न नपाउने हैसियतमा पुगेका उनी कार्यालयका कर्मचारीलाई समेत निर्देशन दिइरहेका छन् ।   lokman उनले विभिन्न विषयमा विचाराधीन मुद्दाका सम्वेदनशील फाइलहरु आफ्नै क्वाटरमा झिकाइरहेका छन् । स्रोतका अनुसार सम्वेदनशील मुद्दाका फाइलहरु कार्कीले निवास मगाएका हुन् । ’अख्तियार प्रमुखको सचिवालय तथा कार्यकक्षमा रहेका अधिकांश फाइलहरु निवासमा र्पुयाइएको छ । महत्वपूर्ण र सम्वेदनशील फाइलहरु छानीछानी निवास लगिएको छ’, स्रोतले भन्यो । कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बित भइसकेका उनको सरकारी हैसियत छैन् । हैसियत गुमाए पनि उनले आफू निकट सुरक्षाकर्मी, कर्मचारीलाई काम अह्राइरहेका छन् । वेबसाइटमा कार्की अझै प्रमुख आयुक्त निलम्बित अख्तियार प्रमुख कार्कीको नाम वेबसाइटबाट पनि हटाइएको छैन् । निलम्बनमा रहेका उनको नाम अझै अख्तियारको आधिकारिक वेबसाइटमा प्रमुख आयुक्तको रुपमै छ ।

lokman singh karki sarkari karyalaya ajhai chhadenan

विशेष