पाटन अदालतले बोलायो एन्फाका दुवै पक्षलाई

कात्तिक–५ । एन्फाको अध्यक्ष र उपाध्यक्षको चुनावका बारेमा विवाद बढेपछि परेको उजुरीमा छलफल गर्न पाटन उच्च अदालतले नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पाको पक्षलाई बोलाएको छ ।
यसअघि अदालतले शुक्रबारसम्म चुनावी गतिविधि सञ्चालन नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो । रेफ्री समितिका विनोद केसीसहितले रिट दायर गरेपछि अदालतले छलफलका लागि बोलाएको हो ।
एन्फाको आउँदो ८ गते हुने अध्यक्ष र उपाध्यक्ष पदको चुनावका लागि उम्मेदवारले प्रचारप्रसार तीब्र बनाएका छन् । फुटबल महासंघ फिफाले भ्रष्टाचारको आरोपमा अध्यक्ष गणेश थापालाई प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पद रिक्त छ । त्यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पद पनि खालि छ ।
अध्यक्षका लागि कार्यावाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पा प्रत्यासी छन् । श्रेष्ठ पक्षबाट उपाध्यक्षमा मणि कुँवर र शेर्पा पक्षबाट दीपक खाती उम्मेद्वार छन् भने उपेन्द्रमान सिंहले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।
Anfa
patan jilla adalat
