News

विश्व हिन्दु सम्मेलनमा कुटाकुट

विश्व हिन्दु सम्मेलनमा कुटाकुट
कात्तिक ५ । विश्व हिन्दु महासंघको राजधानीमा जारी विराट महासम्मेलनको बन्दसत्रमा विवाद हुँदा सहभागीबीच कुटाकुट भएको छ । बिहीबार राजधानीको पशुपतिस्थित वनकालीमा उद्घाटन भएको सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ। hindu-sammelan विश्व हिन्दु महासंघको अध्यक्षमा भरतकेशर सिंह सर्वसम्मत निर्वा्चित भएपछि निर्वाचनको माग गर्दै एक युवाले मञ्च भत्काएपछि विवाद भएको हो । एक युवाले मञ्चको रोष्टम लडाएपछि उनलाई प्रहरीले बाहिर निकाल्न खोज्दा दुई पक्षबीच हानाहान भएको थियो । बिहीबारको उद्घाटन समारोह समेत भड्काउने प्रयासमा संलग्न समूहले विवाद चर्काएको आयोजकले आरोप लगाएका छन्। महासम्मेलनको बन्दसत्रमा हिन्दू सनातन मोर्चा र राप्रपा नेपाल निकट संस्थाका प्रतिनिधिले विरोध जनाउदै आएका थिए । प्रहरीले मञ्च भत्काउन र झडपमा संलग्न युवालाई बन्दसत्रबाट बाहिर निकालेपछि अहिले स्थिति सामान्य भएको छ। सम्मेलनको बन्दसत्रमा कुटाकुट भएपछि विश्वहिन्दु महासंघ भारत एकाइका अध्यक्ष आदित्यनाथले सम्मेलनमा क्रिस्चियनको घुसपैठ भएको आरोप लगाए। झगडापछि मञ्चमा चढेर आदित्यनाथले भने, ‘यो हिन्दु विराट सम्मेलन हो । यहाँ क्रिस्चियनको घुसपैठ भयो । यो सम्मेलनलाई कसैले भाड्न पाउदैन । यहाँ कसैले प्रवेश गर्न पाउदैन ।’ उनको सम्बोधनपछि स्थिति सामान्य भएको छ । पूर्व अध्यक्ष समेत रहेका भरतकेशर सिंह अध्यक्ष निर्वा्चित भए पनि अन्य पदाधिकारी भने महासमितिको सिफारिसपछि मनोनयन हुने छन् । अध्यक्षको कार्यअवधि पाँच वर्षको हुने छ ।

Hindu Sammelan kutakut

विशेष