लोकमानको सेवासुविधा रोक्न माग गर्दै सर्वोच्चमा निवेदन

कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखबाट निलम्बित लोकमानसिंह कार्कीलाई दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले शुक्रवार दिउँसो सर्वोच्च अदालतमा कार्कीलाई राज्यले दिँदै आएको सेवा सुविधा तत्काल रोक्न अन्तरिम आदेशको माग गर्दै पूरक निवेदन दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतमा कार्कीको नियुक्तीको विषय विचाराधीन रहेको र संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म सम्पूर्ण सेवा सुविधा अर्यालले माग गरेका छन् ।
कार्कीले पदको आडमा राज्य शक्तिको दुरुपयोग गरी राष्ट्रकै संवेदनशीलता, गोपनियता भंग गर्ने, कानुन हातमा लिने, देशद्रोही कार्य वा राज्यविरुद्धका अपराधजन्य अन्य कार्यमा संलग्न हुने अवस्था विद्यमान रहेको पनि अर्यालले दर्ता गरेको प्रतिवेदनमा उल्लेख छ ।
lokman singh karki
nibedan
sarbochha adalat
