News

लोकमानको बचाउमा कांग्रेस, नेता साउद भन्छन्- महाअभियोग लगाउन हुँदैन्

लोकमानको बचाउमा कांग्रेस, नेता साउद भन्छन्- महाअभियोग लगाउन हुँदैन्
कात्तिक ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा मिश्रित धारणा राखेका छन् । congress पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा नेता एनपी साउदले लोकमानलाई महाअभियोग लगाउन नहुने भन्दै बचाउ गरेका छन् । ‘लोकमानलाई अहिले महाअभियोग लगाउँदा बामपन्थीहरु बलियो हुन्छन् कुनै हालतमा महाअभियोगको पक्षमा उभिन हुँदैन’ बैठकमा साउदले भने । उनले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित भएमा भविष्यमा संवैधानिक निकायको नेतृत्व गर्न जो कोही पनि हच्किन सक्ने उहाँले दाबी गरे । बैठकमा नेता शेखर कोइरालाले कार्कीले अख्तियारमा बसेर गलत काम गरेकोमा शंका नरहे पनि उहाँविरुद्धको महाअभियोगको प्रस्ताव खेलाँचीका साथ आएको टिप्पणी गरे । महाअभियोगको विषय गम्भीर रहेको भन्दै यसमा प्रयाप्त छलफल गरेर अघि बढ्नु पर्ने धारणा आफूले राखेको कोइरालाले पत्रकारलाई जानकारी दिएका छन् । कांग्रेसका युवा नेताले भने एमाले र माओवादी केन्द्रका सांसदले लोकमान विरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित गराउनुपर्नेमा जोड दिएका छन् । सभापति शेरवहादुर देउवाले भने सबैको बिचार सुनेर पार्टीको धारणा बनाउने बताए ।

lokman singh karki Nepali Congress NP Saud

विशेष