News

'विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुदैँन' - परराष्ट्रमन्त्री महत

'विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुदैँन' - परराष्ट्रमन्त्री महत
कात्तिक ५ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारतबीचको सम्बन्ध सडकमा छलफल गर्ने विषय नभएको बताएका छन्। नेपाल समसामयिक अध्ययन केन्द्रले शुक्रबार धुलिखेलमा आयोजना गरेको 'नेपाल–भारत सम्बन्ध' विषयक गोष्ठीमा उनले भने, 'नेपाल-भारत सम्बन्धको चर्चा कुटनीतिक टेबुलमा हुनुपर्छ, यो सडकमा छलफल गर्ने विषय होइन्।' prakash-sharan-mahat मन्त्री महतले नेपालको आवश्यकता र स्वार्थका लागि सरकार चिन्तित भएको बताउँदै नेपाल-भारतबीच विगतमा देखिएको तिक्ता क्रमशः हट्दै अहिले विश्वासको सम्बन्ध स्थापित हुन लागेको बताए। 'हामीले विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुदैँन' उनले भने 'नेपालको विषयमा चीन र भारतसँग समान खालको कुराकानी भएको छ।' मन्त्री महतले सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालको कमजोरी नभएको पनि स्पष्ट पारे। पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्क राष्ट्रमा देखिएको समस्या न्यूनीकरणका लागि ठूलो राष्ट्रको हैसियतले भारतले र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि परेको उल्लेख गर्दै यसले नेपालमा भारत विरोधी भावना बढाएको बताए। नेपालका लागि भारतीय राजदूत रणजित रायले बलियो राजनीतिक समझदारी भएपछि मात्र नेपालको विकास प्राथमिकतामा पर्ने तर्क गरे। भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्ध विश्वमै अनुकरणीय भएको बताउँदै नेपालको पारवाहनको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए। दुई दिनसम्म चल्ने सो गोष्ठीमा भारतका छ र नेपालका २५ गरी कुल ३१ जना सहभागी छन्। गोष्ठीमा नेपाल भारतबीचको बहुआयामिक सम्बन्धसंग सम्बन्धित छुटाछुट्टै पाँचवटा कार्यपत्र प्रस्तुत हुनेछ।

nepal bharat sambandha prakash sharan mahat

विशेष