उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ३२८ क्यामराको प्रयोग
कात्तिक ५ गते । अत्याधिक सवारी चाप हुने काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ३२८ क्यामराको प्रयोग गरिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईसय सिसि क्यामरा, ५० ड्यासबोर्ड क्यामरा, ६४ ग्रोप्रो क्यामरा र १४ बडिवन क्यामराद्वारा उपत्यकाको ट्राफिक व्यवस्थापन गरेको हो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले उपत्यकामा अत्याधिक मात्रामा लेन अनुशासन उलङ्घन हुने गरेको बताउँदै सडकमा अनुशासन कायम गराउनका लागि उक्त क्यामरा प्रयोगमा ल्याइएको जानकारी दिए ।
उनले भने, “क्यामराको प्रयोगले सेवाको गुणस्तर बढ्नुका साथै ट्राफिक प्रहरीको बोलिचाली र आनीबानीमा सुधार आएको छ ।”
महाशाखाले सिसि क्यामरा सडकमा राखेको छ भने ड्यासबोर्ड क्यामरा हरेक ट्राफिक प्रहरी चढ्ने सवारी साधनमा जडान गरिएको छ । यस्तै ग्रोप्रो र बडिवन क्यामरा ट्राफिकको शरीरमा लगाएर सवारी व्यवस्थापन गरिएको छ ।
ग्रोप्रो र बडिवन क्यामरा लिएर गल्लीगल्लीमा जान सकिने हुँदा यसको प्रयोग धेरै बढेर गएको प्रधानले बताए ।
यस्तै महाशाखाले नागरिक आँखा (पब्लिक आई) सेवासमेत सञ्चालन गरेको छ । सवारी नियम उलङ्गन गरेका सवारी साधनका तस्बिर नागरिकले महाशाखाको सामाजिक सञ्जालमा पठाएमा उक्त तस्बिरलाई अध्ययन गरी आवश्यक कारबाही गर्ने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले नागरिकले पठाएका तस्बिरलाई आधार मानेर आवश्यक अध्ययन गरी दैनिक ८ देखि १२ सवारी साधनलाई कारबाही गरेको प्रहरी नायब उपरीक्षक प्रधानले जानकारी दिए ।
cctv camera in kathmandu
traffic control