विदेश

जनतालाई गुनासो सुन्न दिएको नम्बरमा मन्त्रीलाई ४४ हजारको विवाह प्रस्ताव

जनतालाई गुनासो सुन्न दिएको नम्बरमा मन्त्रीलाई ४४ हजारको विवाह प्रस्ताव
कात्तिक ५ । नेपालको पूर्वी तराईसँग जोडिएको भारतीय राज्य बिहारका अविवाहित उप मुख्यमन्त्री तेजस्वी यादवलाई ४४ हजार विवाहका प्रस्ताव प्राप्त भएको भारतीय पत्रिका दि टाइम्स अफ इन्डियाले बताएको छ । tejaswi-yadav1-jpg उनले ती प्रस्तावहरू ह्वाट्सएप मार्फत प्राप्त गरेका हुन् । यादवले राज्यको सडकको अवस्थाबारे गुनासो सुन्न जनतालाई उक्त नम्बर उपलब्ध गराएका थिए । राज्यको जन कल्याण मान्त्रलयको समेत जिम्वेवारी पाएका उप मुख्यमन्त्रीले उक्त ह्वाट्सएप नम्बर मार्फत प्राप्त गरेका ४७ हजार गुनासाहरूमध्ये ४४ हजार युवतीहरूको विवाह प्रस्ताव भएको अधिकारीहरूले बताएका छन् । जसमा जम्मा तीन हजारमात्र सडक मर्मत गर्नुपर्ने माग राख्दै गुनासाहरू प्राप्त भएको थियो । उक्त ४४ हजार सन्देशहरूमा युवतीहरूले आफनो व्यक्तिगत जानकारीहरू जस्तैः आफ्नो उचाइ, मोटाइ, छालाको रङ आदी जानकारी लेखिएको बताइएको छ । क्रिकेटरबाट राजनीतिज्ञ भएका २६ बर्षका यादब राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष तथा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादब र रावणी देबीका कान्छा छोरा हुन । अधिकारीहरूका अनुसार युवतीहरूले तेजस्बीको व्यक्तिगत नम्बर भन्ठानेर यस्ता सन्देश पठाएको हुन सक्ने बताएका छन् । यसको ठट्यौली प्रकारको प्रतिक्रिया दिँदै तेजस्बीले भनेका छन्, “विवाह भएको भए समस्या पथ्र्यो धन्न अझैसम्म अविवाहित थिएँ । एजेन्सी

India mantrilai bibaha prastab minister phone contact

विशेष