विदेश

आइएस विरुद्ध अमेरिकी र इराकी सेनाको निर्णायक लडाइ सुरु

आइएस विरुद्ध अमेरिकी र इराकी सेनाको निर्णायक लडाइ सुरु
कात्तिक ५ । इराकको राजधानी बगदादपछिको दोस्रो ठूलो शहर मोसुल तीन वर्षदेखि इस्लामिक स्टेट (आइएस)को नियन्त्रणमा छ । सोमबारदेखि सो शहरलाई फिर्ता लिने प्रयासस्वरुप इराकी र अमेरिकी गठबन्धन सेनाले निर्णायक लडाइँ सुरु गरेको पाँच दिन पूरा भएको छ । army मोसुल शहर आइएसले सन् २०१४ मा आफ्नो कब्जामा लिएको थियो । एकाध हजार आइएस लडाकूले ७५ हजार सरकारी सेनालाई हराएर मोसुल आफ्नो नियन्त्रणमा लिएका थिए । मोसुलको सेन्ट्रल बैंकको ५० विलियन डलर लुटेका आइएस लडाकूहरु विश्वकै सबैभन्दा धनी आतंकवादी मानिन्छन् । अहिलेसम्म यो शहर आइएसकै नियन्त्रणमा रहँदै आएको छ । आइएसले मोसुललाई आफ्नो राजधानी बताउँदै आएको छ । आइएसका प्रमुख बकर अल बगदादी पनि त्यहीँ लुकेर बसेको आशंका गरिँदै आएको छ । अमेरिकी आक्रमणपछि पराजित भएको सद्दाम हुसेनका सेनाका सेनापतिहरुले आइएसको पुर्नगठन गरेका हुन् । र, उनीहरुले सिरियाको समेत केही भाग आफ्नो नियन्त्रणमा लिएको अवस्था छ । आइएस कमाण्डर बगदादीले मोसुललाई राजधानी घोषणा गरेका हुन् । सिरिया र मोसुलको दुरी १ सय माइल छ । मोसुल त्यो शहर हो, जहाँ सन् २००३ मा सद्दाम हुसैनका दुई छोराहरु भिडन्तमा मारिएका थिए । तथ्यांकअनुसार सिरिया इराकको संयुक्त भूभागमा र आइएसको नियन्त्रण क्षेत्रमा करिब एक करोड मानिसहरुको बसोबास छ । आइएसले आफ्नो नियन्त्रणमा लिने क्रममा सन् २०१४ मा मोसुलबाट करिब ३२ लाख मानिस विस्थापित भएको अनुमान छ । हाल मोसुल सहरमा १० लाख मानिसको बसोबास रहेको अनुमान गरिएको छ ।

America atacct iraque ISIS

विशेष