२ महिना बितिसक्दा पनि बस दुर्घटनाका पीडितले किरिया खर्च पाएनन्
कात्तिक ५ । विर्तादेउराली बस दुर्घटनाका पीडितले न्यायको लागि जिल्ला प्रशासन कार्यलय, सांसद र राजनीतिक दलसहित नागरिक समाज गुहारेका छन् । दुर्घटना भएको दुई महिना बितिसक्दा पनि पूर्वसहमति अनुसार थप १ लाख रुपैयाँ किरिया खर्च नपाएपछि विभिन्न निकाय गुहारेका हुन् ।
[caption id="attachment_14793" align="alignleft" width="300"] ?[/caption]
उनीहरुले ४८ घण्टाभित्र ६ लाख रुपैयाा उपलब्ध गराउन माग गरे । रकम नपाए अरनिको यातायातलाई प्रवेश रोक लगाउने चेतावनी दिएका छन् । २७ जनाको ज्यान जाने गरी साउन ३१ गते भएको विर्तादेउराली बस दुर्घटनाका पीडितले दुई महिनासम्म पनि बिमाबापतको ५ लाख र किरिया खर्च बापतको थप १ लाख रकम पाएका छ्रैनन् ।
शुक्रबार उनीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोला, सांसदहरु तीर्थबहादुर लामा, विदुर सापकोटा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नागरिक समाजलाई ज्ञापनपत्र बुझाएका छन् । अरनिको यातायात सेवा समिति र यातायात व्यवस्था विभागलाई बोधार्थ दिइएको छ ।
उनीहरुले माग पूरा नभए कोसीपारी क्षेत्र र जिल्लाभर नै अरनिको यातायातलाई प्रवेश नदिने र लोकन्थलीस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दीको पनि चेतावनी दिएका छन् ।
birta deurali
Bus accident
chhyatipurti nadiye andolan garne chetawani