News

सरकार ढाल्न एमालेले महाअभियोग प्रस्ताव ल्याएको गृहमन्त्री निधिकाे दाबी

सरकार ढाल्न एमालेले महाअभियोग प्रस्ताव ल्याएको गृहमन्त्री निधिकाे दाबी
कात्तिक - ५ ।  कांग्रेस नेता तथा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा निर्णय गर्ने बेला अहिलै नभइसकेको बताएका छन् । Bimalendra उनले बिबिसीसँगकाे अन्तरवार्ताकाे क्रमका भने 'अदालतमा गम्भीर रुपमा उठिरहेको विषयलाई संसदले हेर्न मिल्ने कि नमिल्ने भन्ने विचार आइरहेका छन् ।’ 'महाअभियोग एजेन्डामा नै छैन। अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षर महाअभियोग दर्तामा प्रयोग भएको भन्ने कुरा आएको छ', उनले भने, 'हस्ताक्षरको आधिकारिकता कुरा टुङ्गो नलागी हामीले यस बारेमा निर्णय गर्नु उपयुक्त हुँदैन।' सरकार ढाल्न एमालेले महाअभियोग प्रस्ताव ल्याएको उनले दाबी गरे। 'एमालेले अहिलेको सरकार ढाल्न चालेको कदम हो। सरकार जोगाउन हामी प्रयास गर्छौं', उनले भने।  

Bimalendra Nidhi sarkar dhalna amalele prastab lyayeko nidhiko dabi

विशेष