News

भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ
कात्तिक – ५ । भरुवा बन्दुक बनाई रहेको अवस्थामा ताप्लेजुङ प्रहरीले पश्चिमी क्षेत्रको सावादिन गाँउ विकास समितिबाट एकथान भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ । gun चाँगे २ तिलवारी घर भई सावादिन गाविस वार्ड नं ६ मा डेरा गरी बस्ने ४३ बर्षिय दुर्गाप्रसाद सापकोटा(विक)लाई भरुवा बन्दुक र सम्बन्धित उपकरण सहित पक्राउ गरिएको हो । विकका साथबाट प्रहरीले भरुवा बन्दुकको बट १ थान,फलामको नाल एक थान र औजार एकथान समेत बरामद गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका बिकको अनुसन्धान चलिरहेको छ ।

bharuwa banduk sahit pakrau pakarau Taplejung

विशेष