विदेश

आफूले जिते मात्र नतिजा स्वीकार गर्ने ट्रम्पको अभिव्यक्ति

आफूले जिते मात्र नतिजा स्वीकार गर्ने ट्रम्पको अभिव्यक्ति
कात्तिक – ५ । अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डेमोक्रेटिक पार्टीकी हिलारी क्लिनटनले रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्पलाई पछि पार्ने लगभग निश्चित छ । तर यसैबेला ट्रम्पले आफूले जिते मात्र चुनावी नतिजा स्वीकार गर्ने बताएका छन् । Donald Trump ट्रम्पले चुनाव स्वच्छ भए स्वीकार गरिने तर, प्रश्न उठ्न सक्ने ठाउँ देखिए कानुनी चुनौती दिने आफ्नो अधिकार सुरक्षित रहेको बताएका छन् । ओहायो प्रान्तको एक चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो धारणा यसरी व्यक्त गरेका हुन् । अन्तिम ‘प्रेसिन्टियल बहस’ पछि उनले यसरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् । बुधबार राति भएको अन्तिम बहसमा मध्यस्तकर्ता क्रिस वालेसले सोधेका थिए ‘के तपाई हिलारीसंग हार्नु भयो भने नतिजा स्वीकार गर्नुहुन्छ ?’ त्यसको जवाफमा ट्रम्पले भनेका थिए ‘ समय आएपछि भन्नेछु ।’ डेमोक्रेटिक पार्टीबाट उनकी प्रतिद्वन्दी हिलारी क्लिन्टनले भने ट्रम्पले अमेरिकी गणतन्त्रको अपमान गरिरहेको बताएकी छन् ।

Donald Trump

विशेष