News

गैरकानूनी विज्ञापन गर्नेलाई महानगरपालिकाले कारबाही सुरू गर्यो (नामावलीसहित)

गैरकानूनी विज्ञापन गर्नेलाई महानगरपालिकाले कारबाही सुरू गर्यो (नामावलीसहित)
कात्तिक ५ । गैरकानूनी रूपमा विज्ञापन गर्दै हिँड्नेमाथि काठमाडौं महानगरपालिकाले कारबाही सुरू गरेको छ । पछिल्लो समय विज्ञापनको लागि प्रयोग गरिने ब्यानरहरूबाट काठमाडों महानगरपालिका कुरूप बन्दै गईरहेको अवस्थामा महानगरपालिकाले यस्ता कुरुप बनाउँदै हिँड्नेहरूलाई कडा कारबाहीको दायरामा ल्याएको महानगरपालिकाले जनाएको छ । kathmandu-metropolitan-city-office1-1024x634 काठमाडौं महानगरपालिकाको नगरप्रहरीको मध्ये क्षेत्र शाखाद्वारा पछिल्लो एक महिनामा मात्रै ४ दर्जन भन्दा बढी विज्ञापनदाताहरूको विज्ञापन सामग्री पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाईसकेको महानगरपालिकाले जनाएको छ । उनको तथ्याङ्क आुसनर उक्त समयाबधिमा मात्रै ५३ वटा फरकफरक कम्पनी तथा उद्योगलाई कारबाही गरिएको छ । यसरी पक्राउ पर्नेहरूलाई फोहोर मैला व्यवस्थापन ऐन अन्तर्गत् कारबाही गरिने पनि महानगरपालिकाले जानकारी दियो । उनीहरूलाई ऐन अनुसार कम्तीमा ५ हजारदेखि बढीमा १५ हजारसम्म कारबाही गर्नसक्ने प्रावधान रहेको छ । यसरी पक्राउ गरिएकाहरुलाई उनीहरूबाट जफत भएको समग्रीको आधारमा जरिवाना लगाईने छ । महानगरप्रहरीद्वारा विभिन्न क्षेत्र र मितिमा पक्राउ गरिएको समानको संख्याको तालिका ktm-mahanagar

karbahi kathmandu mahanagar palika

विशेष