News

इमाडाेलमा ग्यास उत्पादन सुरु

इमाडाेलमा ग्यास उत्पादन सुरु
कात्तिक ५ । उद्योग मन्त्री नविन्द्रराज जोशीले ग्यास उत्पादनको औपचारिक सुरुआत गरेका छन् । खानी तथा भूगर्भ विभागले दुई वर्ष अघिदेखि ग्यासको ड्रिलिङ सुरु गरेको थियो । त्यसको औपचारिक सुरुआत गतशनिबारबाट भएको हो । gas-utoadan-8 इमाडोलसँगै उपत्यकाका १४ स्थानबाट ग्यास उत्पादन गर्न सकिने निष्कर्ष निकाल्दै खानी विभागले उत्खनन्को कार्यलाई अघि बढाएको हो । इमाडोलको परिक्षण सफल हुनासाथ अन्य स्थानमा परिक्षण गरी उत्पादन थालिने विभागले जनाएको छ । खानी विभागका प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले अहिले उत्खनन् गरिएको ग्यास भण्डारणका लागि प्लान्ट राख्न मेसिन जडान गरेर ग्यास च्याम्बर बनाउने काम गरिएको बताए । २७ वर्षअघि नै जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्ग्किलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको उल्लेख गरेको थियो ।

Gas imadol lalitpur utpadan suru

विशेष