News

हाम्रा नभई राम्रालाई नियुक्ति गर्न नयाँ शक्तिकाे ध्यानार्कषण

हाम्रा नभई राम्रालाई नियुक्ति गर्न नयाँ शक्तिकाे ध्यानार्कषण
कात्तिक - ५ । नयाँ शक्ति पार्टी नेपालले भ्रष्टाचार निवारणका लागि निःस्वार्थ र निर्भीकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख लोकामानसिंह कार्की विवादमा तानिनु दुःखद् भएको जनाएको छ । naya-shakti-1 पार्टी प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति आएको छ भन्दै संसद्बाट सिधै नियुक्त हुने पद राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसद्प्रति उत्तरदायी होस् भन्ने पार्टीकोे माग भएको उल्लेख छ । संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संवेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा नभई राम्रा र जनोत्तरदायी व्यक्तिलाई नियुक्ति गर्न पार्टीले ध्यानार्कषण गराएको छ । संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाका काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पारेको उल्लेख छ ।

lokman bibadama taninu dukhad Lokman Karki Nayashakti

विशेष