काश्मिरमा बस दुर्घटना, ३५ को मृत्यु
कात्तिक–५ । भारत प्रशासित काश्मिरको रियासी जिल्लामा बस दुर्घटना भएको छ । दुर्घटनामा ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रोतका अनुसार बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररुपमा घाइते भएका अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको छ ।
बसले क्षमताभन्दा बढी यात्रु राखेको कारण दुर्घटना भएको बताइएको छ । बसमा टिकट लिएका ६२ जना यात्रु सवार थिए । घाइतेलाई जीएमसीको सरकारी मेडिकल कलेजमा पठाइएको श्रोतले जनाएको छ ।
kasmir road accidetn