News

नेपालका आर्थिक विकासका प्रयासमा सघाउने कोरिया तत्पर

नेपालका आर्थिक विकासका प्रयासमा सघाउने कोरिया तत्पर
कात्तिक - ५ । गणतन्त्र कोरियाले नेपाल सरकारले अघि सारेका सामाजिक एवम् आर्थिक विकासका प्रयास र प्राथमिकतामा निरन्तर सहयोग गर्ने तत्परता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको नेपाल–कोरिया तेस्रो परामर्श बैठकमा कोरियाली पक्षबाट सहायताको तत्परता अभिव्यक्त भएको हो । बैठकमा दुवै मुलुकले विभिन्न तहमा पारस्परिक सम्पर्क विस्तार, रोजगारी अनुमति प्रणालीमा सुदृढीकरण, पर्यटन प्रवद्र्धन, वाणिज्य–व्यापार अभिवृद्धिका साथै आपसी हितका विषयमा क्षेत्रीय एवम् अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा कोरियाली पक्षको नेतृत्व दक्षिण एसियाका लागि त्यहाँको विदेश मन्त्रालयका महानिर्देशक ¥यो जोङ–ह्युन र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्यालले गरेका थिए।

nepal korea

विशेष