व्यापार

घर आकर्षक र आरामदायी बनाउने केही टिप्स

घर आकर्षक र आरामदायी बनाउने केही टिप्स
हामीहरु आफ्नो घरलाई निकै आकर्षक र सुन्दर बनाउन कोसिस गर्छौँ । तर यसका साथ–साथै हामीले घरलाई आरामदायी तथा सहज बनाउन पनि धेरै कुरामा ध्यान दिनुपर्छ । घर आफूलाई मात्र नभएर आगन्तुक सदस्यका लागि समेत राम्रो तथा आनन्द लाग्ने किसिमको हुनुपर्छ । house आधारभूत व्यवस्थापन
घरमा अनावश्यक वस्तुहरु नराख्नुहोस् । उपयोगी तथा आवश्यक सामान मात्र राख्नुपर्छ र घरको आसपासमा पनि सफाइ गर्नुपर्छ। बस्ने ठाउँ
घरका कुनै पनि सदस्य वा पाहुना आएर आरामसँग बस्न सक्ने ठाउँको व्यवस्था गर्नुपर्छ । यस ठाउँमा कुशन, चकटी तथा पल्टिनका लागि पनि ठाउँको व्यवस्था गर्नुहोस् । आसपासको माहोल सुन्दर बनाउन कोठामा हरियालीको व्यवस्था गर्न सक्नुहुन्छ । भुइँ
तपाईंको घरको भुइँले पनि घरलाई आरामदायी बनाउन सक्छ । कोठाको भुइँमा सफा सुग्घर कुशन बिछ्याउहोस् , ता कि भुइँमा पनि आरामसँग बस्न सकियोस् । राम्रो विस्तारा
बस्न तथा सुत्नका लागि घरमा राखिएका सोफा, कार्पेट तथा बिस्तारा सफा राख्नुहोस् । विस्तारामा राम्रो तन्ना लगाउनुहोस् । विस्तारा नरम हुनुपर्छ । यसले त्यसमा सुत्नेलाई पनि सहज महसूस हुन्छ । सहज ठाउँ
आफूलाई सहज लाग्ने ठाउँ तयार पार्नुहोस् । घरको यो ठाउँमा राम्राराम्रा किताब, कफीको मगलगायत सामग्री राखेर त्यहाँ केही बेर बस्दा आनन्द आउने वातावरण बनाउनुपर्छ । त्यस ठाउँमा सोफा, कुर्सीलगायत पनि राख्नुपर्छ । हल्का लाइटले पनि यो ठाउँलाई विशेष बनाउन मद्दत गर्छ ।

विशेष