कार्कीकाे सम्पूर्ण सेवासुविधा रोक्न माग गर्दै सर्वोच्चमा पूरक निवेदन पेस

कात्तिक - ५ । सर्वोच्च अदालतमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवासुविधा रोक्न माग गर्दै पूरक निवेदन पेस भएको छ।
अधिवक्ता ओमप्रकाश अर्यालले शुक्रबार दायर गरेको निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै पूरक निवेदन पेस भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।
'नियमित न्यायिक कामकारबाही अवरुद्ध गरेको, अदालतलाई असहयोग गरेको र आफूविरुद्धको प्रमाण नष्ट गर्ने सम्भावना भएको हुँदा अन्तिम फैसला नहुँदासम्म सबै सुविधा खोस्नुपर्छ,' निवेदनमा उल्लेख छ।
नेपालको संविधानको धारा १०१ को उपधारा ३ मा काम गर्न रोक लगाउने व्यवस्था छ तर सुविधा रोक लगाउने व्यवस्था भने छैन।
Lokman Sing Kraki