ट्रम्पले भनेका थिए– ‘नायिका लिन्ड्से लोहन ओच्छ्यानकालागि उपयुक्त केटी’
कात्तिक–६ । अमेरिकी राष्ट्रपति चुनावका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प विभिन्न प्रसंगलाई लिएर विवादमा पर्दै आएका छन् । उनले आफूले नजिते नतिजा पनि स्वीकार नगर्ने भनेपछि उनको आलोचना निकै बढेको छ ।
खास गरी त ट्रम्प महिलाको विषयमा निकै विवादमा पर्दै आएका छन् । यही क्रममा उनको अर्को विवादास्पद कुरा सार्वजनिक भएको छ । अमेरिकी टेलिभिजन च्यानल सीएनएनमा उनले सन् २००४ मा अन्तर्वार्ता दिने क्रममा हलिउड नायिका लिन्ड्से लोहनको नाँगो तस्बिरका बारेमा बोलेको प्रसंग अहिले चर्चाको विषय बनेको छ । लोहनलाई उनले त्यति बेला ‘ओछ्यानका लागि उचित केटी’ भन्ने प्रतिक्रिया दिएका थिए । त्यतिमात्र नभई लोहनका बुवा अधर्मी हुनसक्ने प्रतिक्रिया दिएका थिए ।
त्यसबेला सर्वत्र आलोचना भएको यस विषयले हाल पनि डोनाल्डलाई विवादमा तानेको हो । यस विषयले उनको राष्ट्रपतीय चुनावी अभियानमा नकरात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ । विवादास्पद यी प्रसंगलाई उनको कुनै तर्कले पनि छल्न सकेको छैन । –एजेन्सी