News

३ वर्षमा बाघको संख्या दोब्बर पारिने

३ वर्षमा बाघको संख्या दोब्बर पारिने
कात्तिक - ६ । बाँके राष्ट्रिय निकुञ्जमा तीन बर्षमा बाघको संख्या दोब्बर बनाउन बाघ संरक्षण स्थापना गरिने भएको छ । सन् २०१३ मा गणना गर्दा ४ वटा बाघ भेटिएको सो निकुञ्जमा सन् २०१६ मा ९ वटा बयस्क बाघ भेटिएको निकुञ्ज प्रशासनले जनाएको छ । tiger बाँके निकुञ्जको मुख्य क्षेत्रलाई २ र निकुञ्जसँग जोडिएको कम्दी करिडोर क्षेत्रलाई एक गरी तीनबटा प्लट बनाएर ६८ वटा स्वचालित क्यामराहरु जडान गरेर बाघको गणना गरिएको थियो । दुई तर्फ राखिएका ती दुई वटा स्वचालित क्यामराहरुले त्यस क्षेत्रमा बन्यजन्तुको गातिबिधि देख्नेवित्तिकै एकैसाथ दुई तर्फबाट तस्वीर खिच्न सक्ने ब्यवस्था गरिएको थियो । त्यसरी खिचिएका तस्वीरबाट बाघको संख्या अलग्गै छुट्याइन्छ । विश्वमै दुर्लभ मानिएको बंगाल टाइगर (पाटे बाघ)को संख्या नेपालमा सन् २०२२ भित्रै दोब्बर हुने संकेत देखिएको छ । बाघको पछिल्लो अवस्था हेर्दा चोरीशिकारी नियन्त्रण अझै प्रभावकारी बनाउने र बासस्थानको वैज्ञानिक व्यवस्थापन गर्नेतर्फ लाग्ने हो भने बाघको संख्या २ सय ५० पुराउने लक्ष्य पुरा गर्न सकिने बिज्ञहरुले बताएका छन् ।

baag ko sankhya dobber parine banke national park tiger

विशेष