विश्वमा हरेक दिन ४७ हजार सात सय बालिका कम उमेरमा विवाह गर्न बाध्य

कात्तिक ६ । विश्वमा हरेक दिन ४७ हजार सात सय बालिका कम उमेरमा विवाह गर्न बाध्य हुने गरेको ‘युनाइटेड नेसनस पपुलेसन फन्ड’ (युएनएफपीए)ले जनाएको छ ।
बालिकाहरुको स्वास्थ्य र यौन शिक्षामा सुधार ल्याएका विकास विकसशील अर्थव्यवस्था रहेका मुलुकका लागि सयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए)ले २१ अर्ब अमेरिकी डलरको सहयोग गर्ने भएको छ ।
सही नीति र संस्थाको विकासले विकासशील मुलुकको अर्थव्यवस्थामा सुधार हुने युएनएफपीएको विश्वास छ। अरब मुलुकहरुका थोरै बालिका माध्यमिक शिक्षाका लागि भर्ना हुने गरेको र अफ्रिकी मुलुकमा १० वर्ष मुनिका ७० प्रतिशत बालिका शिक्षाबाट वञ्चित भएको अनुसन्धानले देखाएको छ।
सो मुलुकमा छदेखि ११ वर्षसम्मका एक करोड ६० लाख बालिकाले विद्यालय जान सुरुनै गरेका छैनन्। विकासशील मुलुकका बालिकाहरुले बालविवाहका कारण आफ्नो शिक्षा बीचैमा छोड्न बाध्य भएका छन्। युएनएफपीएले बालिकाहरुको बिवाह १८ वर्ष अघि गर्न नपाउने मापदण्ड ल्याउन पनि ती मुलुकलाई आग्रह गरेको छ।
bal
bibaha
Child Marridge
