क्षमताभन्दा बढी यात्रु बोकेको रेल दुर्घटना, ५३ काे मृत्यु

कात्तिक ६ । याउनडि–क्यामरुनमा भएको एक रेल दुर्घटनामा ५३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
क्यारुनका यातायात मन्त्री इड्गर एलेनले राजधानी याउनडि भन्दा १ सय २० किमी पश्चिममा रहेको इस्का शहरमा एक यात्रुबहाक रेल दुर्घटना भएको बताए ।
उनले दुर्घटनाको यकिन तथ्य थहा नभएपनि प्रारम्भिक अनुसन्धानबाट रेलमा अत्याधीक यात्रुको चापको कारण दुर्घटना भएको बताए ।
सो यात्रुबहाक रेलमा ६ सय जना यात्रु क्षमता भएपनि १६ सय यात्रु चढाइएको बताइएको छ । अत्याधीक भारका कारण उक्त रेलको २२ वटा डिब्बा लिक बाहिर गएकाले दुर्घटना भएको बताइएको छ ।
उनले सो दुर्घटनामा ५ सय ७५ जना भन्दा बढि मानिस घाइते भएको र केहिको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढन सक्ने बताए ।
camrun
Death
rail durghatnama mirtue
Train Accident
