News

'सरकार राति मात्रै सुते पो हुन्छ, दिन रात आँखा चिम्लेर समय बिताएको छ।' - नयाँ शक्तिका संयोजक भट्टराई

'सरकार राति मात्रै सुते पो हुन्छ, दिन रात आँखा चिम्लेर समय बिताएको छ।' - नयाँ शक्तिका संयोजक भट्टराई
कात्तिक - ६ । तीनदिने गृहजिल्ला भ्रमणको कार्यक्रम तय गरेर शनिबार आएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पत्रकार भेटघाटमा भने, ‘लोकमानले असनको साँढे जस्तो गरेर अदालतको आदेश नटेर्ने, सुनुवाई समितिमा पनि नजाने गरे। उनका बिरुद्ध संसदले महाअभियोग प्रस्ताव गर्नु स्वभाविक हो, गर्नुपर्छ ।’ Dr Baburam Bhattarai संसदले लोकमानको गल्ती कमजोरी छानबिन गरेर कारवाही गर्नुपर्ने भट्टराईले बताए। लोकमान प्रकरण उठाएर अन्य भ्रष्टाचार र दुराचारीहरु चोखिन खोजेको बताउँदै उनले भने, ‘एउटा चोरलाई देखाएर दशवटा चोर उम्कन सक्छन, त्यसमा भने ध्यान दिनुपर्छ।’ अख्तियारको सट्टामा संसदले प्रत्यक्ष नियुक्ती गर्ने र संसदप्रति जवाफदेही हुने ‘लोकपाल’ संयन्त्र बनाउनुपर्ने भट्टराईले बताए। गोरखाको क्षेत्र नम्बर १, २ र ३ मा एक, एक दिन घुम्ने र भूकम्प पीडितको अवस्था बुझ्ने अभियान लिएर भट्टराई आएका छन् । राष्ट्रिय राजनीतिको प्रशंग जोड्दै उनले भने ‘सरकार राति मात्रै सुते पो हुन्छ, दिन रात सरकारले आँखा चिम्लेर समय बिताएको छ।’ उनले सरकारको सुस्तताले विकासका काम र भूकम्प पीडितलाई राहात दिने अभियानमा नगन्य प्रगति नभएको बताए।

baburam bhattarai Lokman Karki Nepal Sarkar sarkar akha chemlera baseko xa

विशेष