न्याय माग्दा प्रहरीको खोरमा
कात्तिक – ६ । बालुवाटार धर्ना दिन जाने क्रममा दीपा गौतमको परिवारसहित अन्य १५ जनालाई महानगरिय प्रहरी वृत कमलपोखरीले पक्राउ गरेको छ । गौतमको परिवार शनिबार प्रधानमन्त्री निवास बालुवाटारको ३ नं गेट अगाडि धर्ना दिन जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
युनिटी लाइफ काण्डमा जेल परेका निर्दाेष विश्वनाथ गौतमलाई रिहाइको माग गर्दै केही एक महिना अगाडिदेखि नयाँ बानेश्वरको ट्रलीबस अगाडि धर्ना दिएका गौतमको परिवारले शनिबार प्रधानमन्त्री निवास बालुवाटारको ३ नं गेट अगाडि धर्ना दिने गएका थिए । प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रमा धर्ना दिएको आरोपमा पक्राउ गरेर महानगरिय प्रहरी वृत कमलपोखरीमा ल्याएको छ ।
विश्वनाथ निर्दोष भएको प्रमाणित भएपनि सरकारले चासो नदिँदा जेल जीवन बिताउन बाध्य भएका कारण सरकारलाई दवाव दिन गौतम परिवार प्रधानमन्त्री निवास क्षेत्रमा गएका थिए । प्रधानमन्त्री निवासको निषेधित क्षेत्रमा धर्ना दिन जाँदा बाटैबाट प्रहरीले पक्राउ गरेको उनका श्रीमती दीपा गौतमले बताइन् ।
भद्र आन्दोलन गर्दा पनि सरकार मौन रहेकाले निषेधित क्षेत्र नै रोज्नु परेको उनको भनाइ छ । उनले भनिन् , ‘केही महिना अगाडिदेखि हामी बानेश्वरमा भद्र धर्नामा बस्यो तर सरकारले हाम्रो मागको बेवास्ता गर्याे त्यसैले हामी बालुवाटारमा धर्ना दिन आएका हौँ । ’
श्रीमान्लाई फसाएर जेल चलान गरेको प्रमाणित भइसकेको गौतम परिवारको दाबी छ । गौतम यूनिटीको सञ्चालक नभएर कर्मचारी मात्र रहेको कम्पनी रजिष्टारको कार्यालयले प्रमाणित गरिसकेको छ । विगत छ वर्षदेखि गौतम नख्खु कारागारमा छन् ।
उनी निर्दोष भएको कुरा कम्पनी रजिष्टारको कार्यालयका साथै गृह मन्त्रालय, नेपाली कागे्रस, नेकपा एमालेलगायतका राजनीतिक दलले स्वीकार गरेर रिहाइ गर्न पत्रचार गरेपनि रिहाइ नभएको उनकी पत्नी दीपा गौतमले रुदैँ भनिन् ।
दीपाकाअनुसार उनको पति विश्वनाथलाई ठगी मुद्दामा विगत छ वर्ष देखि निर्दाेष भएपनि मुद्दा फिर्ता गर्न मिल्दैन भनेर महान्यायवक्ताको कार्यालयले छुटाएको छैन् । निर्दाेष विश्वनाथलाई रिहाइको माग गर्दै उनका श्रीमती छोरीहरु तथा आफन्तहरुले विगत एक महिनादेखि आन्दोलित छन् । साथै उनीहरुले सरकारको ध्यानकर्षण गर्न नयाँबानेश्वरको ट्रलीबस अगाडि धर्ना दिदैँ आएका छन् ।
Bishwo nath Gautam
deepa gautam
Dharna
Jail
nyaya magna jada jail ma