News

उपत्यकाका प्रमुख नदीबाट १३ मेट्रिक टन फोहाेर व्यवस्थापन

उपत्यकाका प्रमुख नदीबाट १३ मेट्रिक टन फोहाेर व्यवस्थापन
कात्तिक ६ । काठमाडौं उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहाेर व्यवस्थापन गरिएको छ। bagmati वाग्मती सफाइको १८० औँ हप्तामा शनिबार गुह्येश्वरी मन्दिरअघि र विश्वरुपा मन्दिर परिसरमा सफाइ गरी सात मेट्रिक टन फोहाेर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिए। तिहारपछि फोहरमुक्त सडक विस्तार गरी सफाइ कर्मचारीको पनि व्यवस्था गर्न लागिएको उनले जानकारी दिए। 'तिहारपछि कालोपुल–सानोगौचरण– ज्ञानेश्वर सडकलाई पनि फोहरमुक्त घोषणा गरी सफा गर्न कम्तीमा दुई जना कर्मचारी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ,'गिरीले भने। विष्णुमती सफाइको १३१ औँ हप्तामा शनिवार कालीमाटी तरकारी बजार र टेकुपुलस्थित धौखेल चौरमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी विजेन्द्र लामाले बताए। कालीमाटी तरकारी बजारको सफाइमा वाग्मती सफाइको एक समूहले समेत सहयोग गरेको थियो। विगतका चार हप्ता वाग्मती सफाइ महाअभियानले सो तरकारी बजार सफाइ गर्दैआएको थियो। शनिबार साप्ताहिक सफाइपछि दुर्गन्धित तरकारी बजार सफा देखिएको छ। यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकलबारी टोल सुधार समितिले सफाइ गरेका छन्। विसं २०७० जेठ ४ गतेदेखि निरन्तर रुपमा वाग्मती र यसका सहायक नदीको सफाइ हुँदै आएको छ।  

Bagmati river

विशेष