News

प्रधानमन्त्रीलाई खुट्टा नकमाउन डा केसीकाे आग्रह

प्रधानमन्त्रीलाई खुट्टा नकमाउन डा केसीकाे आग्रह
कात्तिक - ६ । चिकित्सा क्षेत्रमा सुधार अभियन्ता डा गोविन्द केसीले पुष्पकमल दाहाल प्रचण्ड देखावटी प्रधानमन्त्री मात्र भएको बताएका छन् । gobinda-kc अख्तियार प्रमुख लोकमानसि‌ंह कार्की संविधानभन्दा माथि बसेर काम गरेको र उनले पुष्पकमल दाहाल प्रचण्ड देखावटी प्रधानमन्त्री मात्र भएको बताए । कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न दबाव दिने उद्देश्यले सोलिडारिटी फर डा केसी एलाइन्सले गरेको प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै डा केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे । उनले कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरेका गरे । कार्यक्रममा बोल्दै डा केसीले प्रधानमन्त्रीको पदभन्दा जनताको माया ठूलो हुने भएकोले महाअभियोग पारित गर्नका लागि अघि बढ्न प्रधानमन्त्रीलाई सल्लाह दिएका दिए। कार्यक्रममा डा केसी नेपाली कांग्रेस र भारतप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए।      

विशेष