News

राष्ट्रपतिको जुत्ता उठाउन सेनाको प्रयोग

राष्ट्रपतिको जुत्ता उठाउन सेनाको प्रयोग
कात्तिक - ६ । राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य ब्यक्तिको जुता चप्पल उठाउन नेपाली सेनाको प्रयोग गरेको पाइएको छ । nepali-army शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनका लागि राष्ट्रपति भण्डारी दुई छोरी उषा किरण र निशा कुसुमसहित पुग्दा उनीहरुको जुता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पुर्याएका थिए । निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुनस् सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पुर्याएका थिए । राष्ट्रपति र उनकी छोरीहरुको जुता चप्पल सैनिकले उठाउँदा मन्दिर परिसरमा रहेकाहरुले पुरानो राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको आरोप लगाएका थिए । -कान्तिपुरबाट

bidhya bhandari Jutta uthaune kam senama Nepali army

विशेष