पहिलो महिला सगरमाथा आरोही तावेईको निधन
कात्तिक ६ । पहिलो महिला सगरमाथा आरोही जापानी नागरिक जुनको तावेईको ७७ वर्षको उमेरमा शनिवार जापानमा मुत्यु भएको छ । उनी क्यान्सर रोगबाट पीडित रहेको जापानी संचारमाध्यम याहु न्यूजले बताएको छ ।
जापानको फुकुसिमामा जन्मिएकी तावेई पहिलो महिला सगरमाथा आरोही हुन । उनले सन १९७५ मे १६ तारिकका दिन विश्वको सर्वोच्च सगरमाथाको चुचुरोमा पाईला टेकेकी थिइन ।
सन १९६९मा महिला शिखर आरोहीहरुको संस्था लेडिज क्लाईम्विङ्ग क्लव गठन गरेकी गरिन्। सोवा उमन्स विश्वविद्यालयमा अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेकी तावेईको दुई सन्तानकी आमा हुन् ।
१० वर्षको उमेरमा विद्यालयका शिक्षकसंग माउन्ट नासु नामक शिखर चढेपछि उनमा हिमाल चढने शौख जागेको थियो । विश्वका सातै महादेशका अग्ला हिमाल चढेकी पहिलो महिला तावेई हाल हिमालयन एडभेन्चर ट्रस्ट अफ जापानकी निर्देशकका रुपमा कार्यरत थिइन् ।
उनले तत्कालिन नेपाली राजा विरेन्द्रबाट गोर्खा दक्षिण वाहु पदक समेत प्राप्त गरेकी थिइन् ।
junko tawai