News

विभागले न्यु हिमानी स्वीटकाे ६५ किलो मैदाको पिठो नष्ट गर्याे

विभागले न्यु हिमानी स्वीटकाे ६५ किलो मैदाको पिठो नष्ट गर्याे
कात्तिक - ६ । लगनखेलस्थित न्यु हिमानी स्वीट मिठाई पसलको ६५ किलो मिति सकिएको मैदाको पिठो नष्ट गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण मञ्च र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रुपमा शुक्रवार गरेको अनुगमनमा उक्त मिठाइ पसलमा फेला परेको मिति सकिएको मैदा नष्ट गरिएको हो । maida-flour तिहार नजिकिएसँगै सरकारले मिठाई पसलमा अनुमगन तीव्र बनाएको छ । यसैबीच बजारमा एचपी ग्यास सकिएको भन्ने हल्ला आएपछि अनुगमन गर्दा ग्यास पसलमा ग्यास प्रशस्तै रहेको अनुगमनका क्रममा भेटिएको छ । थापागाउँ र मध्यबानेश्वरमा केही ग्यास पसलमा गरेको अनुगमनका क्रममा उक्त जानकारी प्राप्त भएको अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले बताए । अनुगमन गरिएका सबै पसलमा ग्यास प्रशस्तै रहेको भन्दै उनले उपभोक्ताको आवश्कताअनुसार ग्यास उपलब्ध गर्न सकिने जानकारी गराए । नियमित रुपमा गरिएको बजार अनुगमनको क्रममा केन्द्रीय कारागारमा बासस्थान र खाजा घर पनि अत्यन्तै अव्यवस्थित रहेको पाइएपछि तत्काल त्यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ । लगनखेलमा नै रहेको नन्द मिठाई भण्डार सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । रासस

maida new himani sweets

विशेष