'सूचना प्रविधिमा बंगलादेशबाट सिक्नुपर्छ' - सञ्चारमन्त्री कार्की

कात्तिक -६ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि (आइसिटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताए ।
बङ्गलादेशमा आयोजित आइसिटी सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने,‘हामी आइसिटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढङ्गले बुझ्छौँ, सम्पूर्ण कुरालाई आइसिटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौँ, यो युवाका लागि चुनौती हो ।’
यही कात्तिक ३ देखि ५ गतेसम्म चलेको सम्मेलनमा माल्दिभ्स, भुटान लगायत एसियाली मुलुक र अन्य मुलुकका प्रतिनिधिको सहभागिता थियो ।
bangladesh
suchana parbidhima sikau
surendra karki
