News

महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित हुने मोदीको अभिव्यक्ती

महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित हुने मोदीको अभिव्यक्ती
कात्तिक ६ । नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित हुने बताएका छन् । amanlal-modi काठमाडौंमा आयोजित एक कार्यक्रममा मोदीले भने, ‘कानुन भन्दा माथि कोही पनि हुँदैन। कानुन मिचेर अघि बढ्न खोज्नेलाई जनप्रतिनिधिले बहुमतले विदा गर्नेपक्का छ ।’ नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले कार्की्विरुद्धको महाअभियोग प्रस्ताव पारित हुने बताए। उनले भने, ‘कांग्रेस सहमतिमा आउनुको विकल्प छैन।’ फुयाँलले एक महिनाभित्र लोकमान विदा हुने बताए। तमसपाका बरिष्ठ नेता रामनरेश रायले भने महाअभियोग मधेशी मोर्चालाई हर्ष न बिस्मात भएको टिप्पणी गरे ।

amanlal modi mahaaviyogko prastab two tihaile parit hunxa

विशेष