विदेश

क्यामरुनमा भएकाे रेल दुर्घटनामा ५५ मृत्यु,पाँच सय ७५ घाइते

क्यामरुनमा भएकाे रेल दुर्घटनामा ५५ मृत्यु,पाँच सय ७५ घाइते
कात्तिक - ६ । क्यामरुनमा शुक्रबार भएको रेल दुर्घटनामा ५५ जनाको मृत्यु भएको क्यामरुनको टेलिभिजनले जनाएको छ । उक्त घटनामा ५७५ जना घाइते भएका बताइएका छन् । क्यामरुनको राजधानी याउन्डेबाट यहाँको आर्थिक राजधानी डाउआलाका लागि छुटेको उक्त रेल क्यामरुनको इसेका रेल स्टेसन नजिकै पुग्दा दुर्घटना भएको थियो । सिआरटिभीले क्यामरुनी यातायात मन्त्री एडगार एलानलाई उद्धृत गर्दै घटनामा ५५ जनाको मृत्यु भएको, ५७५ जना घाइते भएका र घाइतेमध्ये केहीलाई गम्भीर चोट लागेको बताइएको छ । घटनास्थल याउन्डेबाट १२० किलोमिटर टाढा रहेको समाचारमा जनाइएको छ । यसैबीच क्यामरुनी राष्ट्रपति पउल वियाले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट पीडितका परिवारलाई राहत सहयोग प्रदान गर्न र घटनाको छानबिन गर्न शनिबार सरकारलाई निर्देशन दिएका छन् । यसैबीच क्यामरुनका सूचनामन्त्री इशा चिरोमा बेकरीले घटनामा घाइते भएका मानिसलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन र अन्य यात्रुलाई उनीहरुको गन्तव्यतर्फ पुर्याउनका लागि अर्को रेलको व्यवस्था गरिसकिएको बताए ।

rail accident in cam-run

विशेष