News

सवारी दुर्घटनामा ३ विदेशिसहित ६ घाइते

सवारी दुर्घटनामा ३ विदेशिसहित ६ घाइते
कात्तिक ६ । पोखरा बाग्लुङ सडक खण्डमा सडक दुर्घटना हुँदा तीन विदेशी सहित ६ घाइते भएका छन् । जिल्ला पर्वत कुश्मा नगरपालिका वाड नं ८ गुप्तेश्वर वहुमुखि क्याम्पस नजिक वेनीवाट पोखरा जादैँ गरेको बस अनियन्त्रित भई ढिस्कोमा ठोकिदा दुर्घटना भएको हो । घाइते हुनेमा डेनमार्ककी ५६ वर्षीय मेना वियोर, स्वीडेनकी ५० वर्षीय जेनी यलिदा बेद, ४४ वर्षीय नागरीक मेना ग्रोस रहेका छन् । त्यस्तै, काठमाण्डौ महानगरपालिका ११ का २४ वर्षीय अनुप श्रेष्ठ, १७ वर्षीय सुविन्द्र श्रेष्ठ र कास्की पोखरा उपमहानगर पालिका वाड नं ६ की २९ वर्षीय सिता थापा रहेको प्रहरीले जनाएको छ । ना ५ ख २२६ नं को बस व्रेक फेल भई अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल पर्वतमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलयवाट प्रहरी साहायक निरिक्षक सहितको टोली तथा जिल्ला ट्राफिक प्रहरी पर्वतको टोलिले सवारी साधन र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

Road accident in pokhara

विशेष