अर्थ ताजा खबर News

चिनियाँलाई गाउँबाट रुद्राक्ष खरिद गर्न रोक

चिनियाँलाई गाउँबाट रुद्राक्ष खरिद गर्न रोक

rudrakshya

कात्तिक ७ । चिनियाँ व्यपारिलाई गाउँमा पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको छ । चिनियाँ रुद्राक्ष खरिदको बहानामा संखुवासभाका गाउँगाउँमा पुगेर विभिन्न गतिविधि गरेको भन्दै रुद्राक्ष व्यवसायी संघले गाउँमै गुगेर रुद्राक्ष खरिद बिक्री गर्न रोक लगाएको हो ।

व्यवसायी संघको शनिबार बसेको बैठकले चिनियाँले नेपालीलाई भ्रममा पार्न र रुद्राक्ष खदिरका नाममा विभिन्न क्रियाकलाप गर्ने गरेको निष्कर्षसहित गाउँ नपस्न आग्रह गरी प्रशासन कार्यालयलाईसामेत जानकारी गराउने निर्णय गरेको हो । द्राक्ष खरिद गर्न आएका अधिकांश चिनियाँ पर्यटक भिसामा आउने गरेको र गाउँगाउँसम्म पुगेर रुद्राक्ष खरिद गठरेको व्यवसायी अंघको भनाइ छ ।

उनीहरुले जिल्ला विकास समितिबाट निकासी अनुमतिपत्र पनि लिएका छैनन् । उनीहरुमा व्यापारिक गतिविधि नापाइएको संघको आरोप छ । अन्नपूर्ण

Rudraxa

विशेष