खेल ताजा खबर News

बार्सिलोनाको भ्यालेन्सियामाथि ३–२ को जीत

बार्सिलोनाको भ्यालेन्सियामाथि ३–२ को जीत
messi कात्तिक ७ । स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ ले गोल अन्तरले पराजित गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि बराबरीमा रहेको खेल बार्सिलोनाले ३–२ ले जित्न सफल भएको थियो । बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टी मार्फत गोल गरेका थिए । पहिलो हाफकोे २२ औ मिनेटमा पहिलो गोल गर्दै मेसीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५२ औ र ५६ औ मिनेटमा गोल गर्दै भ्यालेन्सिया खेलमा फर्केको थियो । २–१ को अग्रता लिएको भ्यालेन्सियाले ६२ औ मिनेटमा दोस्रो गोल खाएपछि खेल २–२ गोलको बराबरीमा आएको थियो । बार्सिलोनाका लागि दोस्रो गोल स्वारेजले गरेका थिए । जितसंगै बार्सिलोना ९ खेलमा १९ अंक सहित शिर्ष स्थानमा पुगेको छ यद्यपी एथलेटिको र रियल म्याड्रिड एक खेल कम खेलेका छन् भने भ्यालेन्सिया ९ खेलमा ९ अंक सहित १५ औ स्थानमा रहेको छ ।

la liga

विशेष