ताजा खबर विदेश News

लालु यादवका छोरासँग विवाह गर्न ४४ हजार युवतीको प्रस्ताव

लालु यादवका छोरासँग विवाह गर्न ४४ हजार युवतीको प्रस्ताव

tejaswi-yadav कात्तिक ७ । भारतको विहार राज्यका उपमुख्यमन्त्री तेजस्वी यादवसँग विवाह गर्नका लागि ४४ हजार युवतीले व्हाट्स एप नम्बरमार्फत प्रस्ताव गरेका छन् । राज्यमा खराब सडकका बारेमा गुनासो पोख्नका लागि तेजस्वीले व्हाट्सएपको सरकारी नम्बर दिएका थिए । जसमा युवतीहरुले विवाहका लागि प्रस्ताव राखेका हुन् । विहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी गत विहार राज्यको विधानसभाको निर्वाचनमा राष्ट्रिय जनता दल र जनता दल युनाइटेडको संयुक्त गठबन्धनलाई बहुमत आएपछि नितिश कुमार मन्त्रिपरिषदमा उपमुख्यमन्त्री बनेका हुन् ।

उनका बाबु तथा राष्ट्रिय जनता दलका प्रमुख लालु यादव विहारका पूर्वमुख्यमन्त्री हुन् । आश्चर्यको कुरा अझ के छ भने उनले खराब सडकबारे जानकारी दिन दिएको नम्बरमा सडकबारेमा भने ३ हजार मात्रै गुनासा परेका छन् । उनले दिएको ३ महिनाको अवधिमा परेका जम्मा ४७ हजार सुचना परेकामा ४४ हजार विवाह प्रस्ताव आएको हो ।

उनले दिएको व्हाट्सएप हेल्प लाइन नम्बर दिएलगत्तै ‘म्यासेज’ को बाढी चलेको थियो । सडकको बारेमा उल्लेख गर्नुको साटो विहार, पञ्जाब, दिल्ली, हरियाणा, महाराष्ट्र, गुजरातलगायतका राज्यका युवतीहरुले आफ्नो ‘फिगर’, ‘कलर’ र ‘हाइट’ उल्लेख गर्दै विवाहको प्रस्ताव राखेका हुन् ।

यस्ता प्रस्तावका बारेमा तेजस्वीले भने अहिले आफू विहारको विकासमा मात्रै केन्द्रीत रहेको उल्लेख गर्दै आफूलाई मागी विवाह मनपर्ने उल्लेख गरेका छन् । तेजस्वी विहारको उपमुख्यमन्त्री हुनुभन्दा अघि राम्रो क्रिकेट खेल्ने खेलाडी पनि हुन् । उनी आइपीएलमा दिल्लीका तर्फबाट खेल्ने गर्दथे ।

राजधानी

Tejawi Yadav

विशेष