महाअभियोगको प्रस्तावका विषयमा माओवादी केन्द्रले आज टुंगो लगाउने

कात्तिक ७ । महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बिहान साढे दश बजे सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा महाअभियोग प्रस्तावका विषयमा छलफल हुने प्रधानमन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
यसअघि हिजो बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले महाअभियोग प्रस्तावलाई पारित गराउन अन्य दलसँग छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
maobadi