महाभियोगबारे राजनीतिक छलफल भएकै छैन् : देउवा

कात्तिक ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध दर्ता भएको महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरेका छन् ।
संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न दबाव अभियान थालेको संयुक्त विद्यार्थी आन्दोलनले आइतबार विहान कांग्रेस सभापति देउवालाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्र बुझ्दै देउवाले महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा पनि यसबारे कुराकानी नभएको उनले बताए ।
महाअभियोगबारे पार्टी केन्द्रीय समितिमा छलफल भइरहेको र छिट्टै निर्णय आउने उनले बताए । महाअभियोगबारे धेरै बोल्न नचाहेका देउवाले कांग्रेसले जनमत कदर गर्ने बताएका छन् ।
Deuba