ताजा खबर विदेश News

हैटीमा कैदीको बिद्रोह, १ सय ७० कैदी फरार, २ जनाको मृत्यु

हैटीमा कैदीको बिद्रोह, १ सय ७० कैदी फरार, २ जनाको मृत्यु

haiti कात्तिक ७ । हैटीको राजधानी पोर्ट ओ प्रिन्सस्थित आर्काहाई जेलबाट १ सय ७० भन्दा बढी कैदी फरार भएका छन् । गोली हानाहानमा एक जना सुरक्षा गार्ड र एक जना कैदीको मृत्यु भएको छ । कैदीहरुले जेलबाट पाँच वटा राइफलसमेत लिएर भागेको प्रहरीले जनाएको छ ।

अधिकारीहरुले देशमा तैनाथ राष्ट्रसंघीय शान्ति सेनाको सहयोगमा फरार कैदीको खोजी अभियान सुरु गरेको जनाएका छन् । सरकारले घटनाको निन्दा र कैदीहरुको विद्रोहप्रति आपत्ति जनाएको छ । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै हैटी न्यायमन्त्री केमिली एडुअर्डले कैदी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा एक जना गार्डको ज्यान गएको बताए ।

फरार भएका कैदीमध्ये ११ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । आर्काहाई जेलका कैहीहरुको ड्रेस हुने गर्दैन । यसकारण उनीहरुलाई भिडमा घुलमिल हुन सजिलो भएको आशंका गरिएको छ । हैटीको जेल भयानक रुपमा भरिएका हुने गर्दछन् । कैदीहरुको मुद्दा फैसला हुँदासम्म कयौ वर्ष जेलमा बिताउने पर्ने गर्दछ ।

Haiti

विशेष