महाअभियाेग प्रस्तावकाे पक्षमा चीन
कात्तिक - ७ । चार दिनअघि संसद्ममा महाभियोग दर्ता भएपछि स्वतः निलम्बित अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाभियोगबाट बच्न सुरक्षा संयन्त्र र प्रविधि दुरुपयोग गरिरहेका छन् ।
महाभियोग प्रक्रियालगत्तै सक्रिय भारतीय कूटनीतिक र खुफियाको समूह केही सेलाएजस्तो देखिए पनि भित्रभित्रै सक्रिय छन् । बुधबार र बिहीबार मुख्य भेटघाट र वार्तालापमा बिताएको भारतीय स्थायी समूह शुक्रबार र शनिबारका गतिविधि निगरानीमै छ । महाभियोगबाट बचाउन नसके सुरक्षित अवतरण पक्षमा भेटघाटमा दुई दिन बिताएको भारतीय समूह हाल प्रकरणलाई आफूअनुकूल प्रयोगको दाउमा रहेको बताइएको छ ।
स्रोतका अनुसार परोक्ष रुपमा चीननिकट रहेका परियोजना र कार्यक्रममा सरकारी कर्मचारीमार्फत अवरोध गर्दै आएका कार्कीको महाभियोग पक्षमा चीन छ । कार्कीले चीनको लगानीका ठूला परियोजनामा कार्की समूहले अनावश्यक हस्तक्षेप गर्ने गरेको गुनासो चिनियाँ दूतावासमा धेरै अघि पुगिसकेको थियो ।
'दुई छिमेकीमध्ये एकले खुलेआम लबिङ गर्दा अर्काको रत्तिभर अभिरुचि छैन भन्ने हुँदैन, नेपाल कूटनीति दुवै देशको करिबकरिब एउटै हो, कोही देखिन्छन्, कोही देखिँदैनन्' एक पूर्व सचिवले भने।
China
mahaaviyogko pakchhyama chaina ubhiyo