लोकमानलाई महाअभियोग लागाउने प्रस्तावको छलफल मंगलबारबाट

कात्तिक - ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगको प्रस्ताव संसदमा पेश भएको छ । व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाभियोग संसदमा पेश भएको जानकारी दिएकी छन् ।
गत बुधबार साँझ संसदमा दर्ता भएको महाभियोगको प्रस्तावका सम्बन्धमा सैद्धान्तिक छलफल भने कात्तिक ९ गते अर्थात् मंगलबार हुने भएको छ । प्रस्तावका सम्बन्धमा संसदमा सैद्धान्तिक छलफल भएपछि महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइने छ ।
महभियोग सिफारिस समितिमा प्रस्ताव पुगेपछि ३० दिनभित्र सदनमा प्रतिवेदन पेश गर्नुपर्ने छ । सिफारिस समितिले विस्तृत अध्ययन अनुसन्धान गरेर ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
lokman